काठमाडौं । नेपाली कांग्रेसको नाराबाजीकै बीच प्रतिनिधिसभाले राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पारित गरेको छ ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा नाराबाजीबीच धन्यवादको प्रस्ताव पारित भएको हो ।
गत जेठ १ गते बसेको संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसले नाराबाजी गर्दै बेल घेराउ गरेको थियो ।
प्रतिक्रिया