Logo

प्रमुख समाचार

आफ्नो फाइल खाेल्न सरकारलाई आरजुको चेतावनी



काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु देउवाले आफ्नो बारेमा छानबिन गरेर देखाउन सरकारलाई चुनौती दिएकी छन् ।

प्रतिनिधि सभाको बैठकपछि प्रतिक्रिया दिँदै आरजुले टिकापुरको जग्गा गएर हेर्न भन्दै आफूमाथिका सबै फाइल खोलेर छानबिन गर्न चुनौती दिएकी हुन् ।

उनले भनिन्- ‘जे जे छ सबै फाइल खोलेर देखाउनु । मैले टिकापुरमा ५० हजारमा किनेको हो । सबैले हेर्न सक्नुहुन्छ । सबै कागजात हेर्न सक्नुहुन्छ ।’

उनले कांग्रेसले जनताको कुरा उठाएको भन्दै सहकारी ठगी प्रकरण छानबिनबाट सरकार भागिरहेको बताइन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलवार १४:०१   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।