Logo

अर्थ

शिक्षामन्त्री श्रेष्ठको सम्पत्ति : ११ तोला सुन, डेढ करोडभन्दा बढी बैंक ब्यालेन्स



काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेकाे सम्पत्ति विवरणमा शिक्षामन्त्री सुमना श्रेष्ठले आफ्नो नाममा कुनै घर नभए पनि काभ्रे जिल्लाको रियालेमा ९ लाख ९४ हजारमा खरिद गरेको जनाइएकाे छ ।

मन्त्रिपरिषद्को जेठ ३ गतेको निर्णयअनुसार प्रधानमन्त्री र मन्त्रीहरूको सार्वजनिक भएकाे सम्पत्ति विवरणअनुसार परिश्रमिकबाट हरिएको उक्त जग्गाको स्वामित्व संयुक्त नाममा रहेको छ । आफ्नो नाममा एनआईसी एसिया बैंक र एभरेस्ट बैंकमा १ करोड ५२ लाख रकम मौज्दात रहेको छ । दुवै स्रोत उनले पारिश्रमिक रहेको जनाइएकाे छ ।

उनीसँग बिहे र हजुरआमाको शेषपछि प्राप्त ११ तोला सुन, बिहेका बेला उपहार पाएको १०० तोला चाँदी र १–१ सेट हिराको हार र हिराको टप रहेको उल्लेख गरिएको छ ।

उनले नबिल बैंकसहित विभिन्न कम्पनीको सेयर रहेको उल्लेख गरिएको छ । सवारी साधनका रूपमा एउटा स्कुटर र २० लाख रुपैयाँमा खरिद गरेको ईभी गाडी रहेको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलवार १६:३४   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।