Logo

प्रमुख समाचार

कृषिमन्त्री साहको सम्पत्ति: बैंकमा ३० हजार, सिमरा-सर्लाहीमा जग्गा र ४ आनामा बनेको अढाइ तलाको घर



काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहको तलब बाहेक अधिकांश सम्पत्ति श्रीमानको नाममा भएको विवरण सार्वजनिक भएकाे छ ।

मन्त्री साहको बाराको कलैया उपमहानगरपालिकामा पुर्ख्यौली जग्गा, जितपुर सिमरा उपमहानगरपालिका–१६ मा जग्गा रहेको देखिन्छ ।

उनको श्रीमान अमृत शर्मा बजगाईंको जितपुर सिमरामा-५० कठ्ठा पुर्ख्यौली सम्पत्ति रहेको देखिन्छ । यसैगरी बजगाईंकै नाममा सर्लाहीमा ५० लाखमा खरिद गरेको पैतृक जग्गा रहेको देखिन्छ ।

मन्त्री साहको सुन १० तोला, चाँदी २५ तोला पुर्ख्यौली सम्पत्तिको रुपमा रहेको उल्लेख छ ।

बैंकमा उनको ३० हजार रुपैयाँ तलब र आफैंले श्रीमानको खातामा हालेको १० हजार रुपैयाँ मात्रै रहेको विवरणमा उल्लेख छ । मन्त्री साहको सवारीसाधन तथा पशुधन भने देखिँदैन ।

४ कठ्ठामा बनेको अढाइ तल्लाको घर अंशबन्डाबाट प्राप्त भएको विवरणमा उल्लेख छ ।

प्रकाशित मिति : जेष्ठ ७, २०८१ मंगलबार  ५ : ५१ बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।