Logo

प्रमुख समाचार

सिरोहिया कार्यकक्षबाटै पक्राउ, कान्तिपुर कार्यालयमा लाग्यो ‘रबी मुर्दाबाद’को नारा



काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेर प्रहरीले लैजाँदै गर्दा कान्तिपुर कार्यालयमा नेता, वकील, पत्रकारहरुको भीड लागेको छ।

उपस्थित केहीले गृहमन्त्री रबी लामिछानेविरुद्ध नारा लगाएका छन् ।

एसएसपी सानुराम भट्टराईको नेतृत्वको प्रहरीको टोली सिरोहियालाई थापाथलीस्थित कान्तिपुरको कार्यालयबाटै पक्राउ गरेको हो ।

जिल्ला अदालत धनुषाको अनुमतिले सिरोहियाविरूद्ध धनुषा प्रहरीले आजै पक्राउ पूर्जी जारी गरेको थियो ।

सिरोहियाविरूद्ध दुई वटा नागरिकता लिएको आरोपमा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

प्रकाशित मिति : जेष्ठ ८, २०८१ मंगलबार  ६ : ४३ बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।