Logo

प्रमुख समाचार

गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्धको रिट आजपनि ‘हेर्दाहेर्दै’ मा



काठमाडौं । प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध दायर भएको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएको उक्त मुद्दामा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।  यो रिटमा मंगलबारबाट सुनुवाइ भइरहेको छ ।

असंवैधानिक तरिकाले विश्वासको मत लिएको दाबी गर्दै नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मुख्यमन्त्री अधिकारीविरुद्ध रिट दायर गरेका थिए ।

पाण्डेले विश्वासको मतमाथि प्रश्न उठाउँदै उत्प्रेषणको आदेशले बदर गर्न माग गरेका थिए । उनले आफूलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि परमादेश माग गरेका थिए ।

कूल ६० सदस्यीय गण्डकी प्रदेश सभामा मु्ख्यमन्त्रीले विश्वासको मत लिँदा ३० मत प्राप्त गरेका थिए । सभामुखले ३० मतलाई नै बहुमत घोषणा गरेपछि मुख्यमन्त्री अधिकारीविरुद्ध पाण्डे अदालत गएका हुन् ।

प्रकाशित मिति : जेष्ठ ८, २०८१ बुधबार  ७ : ०७ बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।