Logo

प्रमुख समाचार

गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश



काठमाडाैं । सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध परेको रिट दर्ता गर्न अदालत प्रशासनलाई आदेश दिएको छ ।

बुधबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलविरुद्धको रिट दर्ता गर्न भनेको हो ।

महान्यायाधिवक्ताको कार्यालयले गृहमन्त्री लामिछानेलाई उनीविरुद्ध सहकारीको रकम हिनामिनामा कुनै उजुरी/ जाहेरी नरहेको पत्र दिएपछि अधिवक्ता अनुपम भट्टराई सर्वोच्च गएका थिए ।

सर्वोच्च प्रशासनले उक्त रिट दरपीठ गरेपछि भट्टराईले त्यसविरुद्ध अर्को रिट दिएका थिए । न्यायाधीश ढुंगानाको इजलासले भट्टराईको रिट दर्ता गर्न प्रशासनलाई आदेश दिएको हो ।

प्रकाशित मिति : जेष्ठ १०, २०८१ बिहीबार  ११ : १६ बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।