Logo

प्रवास

विदेश आउने भनेर आँंखा चिम्लेर हुतिएर नआउनुहोला



भक्तपुर । विगत २४ वर्षदेखि अष्ट्रेलियाको सिडनीस्थित कलेजमा अध्यापनरत डा सोजेन प्रधानले विदेश आउने नाममा अन्धाधुन्ध आँंखा चिम्लेर आउने गल्ती नगर्न सुझाएका छन् । अष्ट्रेलियामा स्थायी वसोबास गरिरहेर हाल केही दिनका लागि नेपाल आएका भक्तपुर नगरपालिका वडा नं ९ नवदुर्गास्थानका उनले सवैकुरा बुझेर मात्रै विदेश आउन नयाँं पुस्तालाई सुझाब दिएका छन् ।

सकेसम्म नेपालमै केही गर्न कोसिस गर्नुस्, उनले नयाँं पुस्तालाई लक्षित गर्दै भने, भएन भने बिकल्पको रुपमा मात्रै विदेश आउने सोच्नुस् । उनले सवै नेपाली विदेश पुग्दा देशको दुर्दशा हुन थालेको भन्दै चिन्तासमेत व्यक्त गरे ।

विदेशमा रहे पनि देशको लागि केही गर्ने हुतहुती छ, उनले थपे, त्यही कारण केही गर्न सकिन्छ भनेर नेपाल आउने गरेको छ । आफूले विशेष गरेर अनुसन्धानको काम गरिरहेका र त्यसलाई नेपाल र नेपालीसँंग जोडेर नेपालकै फाइदाका लागि गर्ने प्रयास गरिरहेको जानकारी उनले गराए । भक्तपुर नवदुर्गास्थानका पुख्र्याैली घर दाजुभाइलाई भाग दिएर उनी अहिले अष्ट्रेलियामा स्थायी बसोबास गर्छन् ।

प्रकाशित मिति : असार १, २०८१ शनिबार  ८ : ५९ बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।