Logo

प्रमुख समाचार

कांग्रेस र एमालेबीच गठबन्धन गर्ने ‘सहमति’, देउवा र ओलीले हस्ताक्षर गर्दै !



काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता गठबन्धन गर्ने र एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने गरि सहमति भएको छ । सो सहमतिलाई अन्तिम रूप दिन कांग्रेस सभापति शेरबहादुर देउवा सोमबार राति नै मुख्य सचेतक रमेश लेखक लगायत नेताका साथमा ओलीनिवास बालकोट जाने सम्भावना रहेको ती नेताले बताए । उनले भने,`आजै सहमतिमा हस्ताक्षर हुने सम्भावना छ ।´

दुई दलको सरकार बनेपछि निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका विषयमा संविधान संशोधन गर्ने सहमति पनि भएको छ । त्यस्तै संविधान संशाेधनका लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको संयाेजकत्वमा समिति बनाउने सहमति भएकाे छ ।

एमाले महासचिव शंकर पोखरेल र कांग्रेसका प्रमुख सचेतक लेखकले सोमबार साँझ ललितपुरको झम्सिखेलस्थित होटल भिभान्तामा बसेर सहमतिको अन्तिम टुंगो लगाएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने र डेढ बर्ष पछि देउवा प्रधानमन्त्री बन्ने सहमति बनेकाे छ ।

एमालेले अर्थ मन्त्रालयसहित ९ वटा मन्त्रालय र गृह मन्त्रालय सहित नेपाली कांग्रेसले १० वटा मन्त्रालय राख्ने, -एमाले (कोशी,लुम्बिनी, कर्णाली) र (कांग्रेसले बाग्मती,गण्डकी र सुदुरपश्चिम) प्रदेशमा सरकारको नेतृत्व गर्ने, मधेश प्रदेश मधेशवादी दललाई दिने, निर्वाचन प्रणाली संशोधन गर्ने सहमति भएकाे बताइएकाे छ ।

एमाले -कांग्रेसबीचको सहमतिका मुख्य बुदा :

-एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने ।

-अर्थ एमालेले गृह नेपाली कांग्रेसले राख्ने ।

-एमाले (कोशी,लुम्बिनी, कर्णाली) र (कांग्रेसले बाग्मती,गण्डकी र सुदुरपश्चिम ) प्रदेशमा सरकारको नेतृत्व गर्ने ।

-मधेष प्रदेश,मधेषी दललाई दिने ।

-निर्वाचन प्रणाली संशोधन गर्ने सहमति ।

-पूर्वप्रधानन्याधीशको अध्यक्षतामा संविधान संशोधन सुझाव समिति बन्ने ।

 

प्रकाशित मिति : १७ असार २०८१, सोमबार २२:५२   :  बजे

1K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।