Logo

प्रमुख समाचार

रवि लामिछानेविरुद्धको रिटमाथि आज सुनुवाइ



काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदैछ ।

लामिछानेलाई गृहमन्त्रीबाट निलम्बन गरी अनुसन्धान गर्नुपर्ने माग राखी गत जेठ १४ गते दायर भएको रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे सर्वोच्च अदालत सुनुवाइ भइरहेको छ ।

यही असार सात गते निवेदकका कानुन व्यवसायीले बहस गरेका थिए। गृहमन्त्री लामिछानेको तर्फबाट बहस बाँकी रहेपछि न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले मुद्दा १८ असारमा फेरि सुनुवाइ गर्ने भनी हेर्दाहेर्दैको आदेश गरेको थियो।

अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा गृहमन्त्री लामिछाने पदमै रहँदा अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव र प्रतिकूल असर पार्नसक्ने दाबी गर्दै उनलाई पदबाट निलम्बन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का नाममा अन्तरिम आदेशको माग गरिएको छ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलवार ०८:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।