काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहले संसदका प्रमुख २ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार चलाउने सहमतिबारे कडा व्यंग्य गरेका छन् ।
उनले मंगलबार बिहान सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै यो समय गिरिबन्धु चियाको भएको बताएका हुन् । ‘यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले’, मेयर शाहले लेखेका छन् ।
महानगर प्रमुख बालेनले पछिल्लो समय गिरीबन्धु टी-स्टेटबारे छानबिन हुनुपर्ने माग राख्दै आएका छन् । केही समयअघि उनले उक्त प्रकरणमा कुनै पनि सत्ता बार्गेनिङ नगरी तत्काल पहलकदमी आवश्यक रहेको बताएका थिए ।
नेकपा एमाले र नेपाली कांग्रेसबीच गएराति नयाँ सरकार सत्ता समीकरण निर्माण गरेर अघि बढ्ने सहमति भएको छ ।




















प्रतिक्रिया