Logo

अर्थ

स्मार्टच्वाइस टेक्नोलोजिजकाे अध्यक्षमा रविनकुमार नेपाल नियुक्त



काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति पत्र प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडको अध्यक्षमा रविन कुमार नेपाल नियुक्त भएका छन् । अध्यक्ष नेपालले सोमबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उक्त शपथ ग्रहण कार्यक्रममा भुक्तानी प्रणाली विभागका कामु कार्यकारी निर्देशक, भुक्तानी प्रणाली विभागका अन्य कर्मचारी, स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका सञ्चालक समितिका सदस्यहरू र प्रमुख कार्यकारी अधिकृतको सहभागिता रहेको थियो ।

विगत २० वर्ष देखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिजले भुक्तानी कार्ड, क्यु आर , मोबाइल बैंकिङ्ग र अन्तर बैंक भुक्तानीका सेवाहरू प्रदान गर्दै आई रहेको छ ।

नेपालले नेपाल ग्रीनलेज बैंकबाट आफ्नो बैंकिङ्ग करियर सुरुवात गरि हिमालयन बैंक हुँदै लक्ष्मी सनराइज बैंकबाट अवकाश लिएका थिए । अध्यक्ष नेपालले यस अघि अर्को भुक्तानी प्रणाली सञ्चालक नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) का संस्थापक सञ्चालक तथा दुई कार्यकालसम्म अध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा लामो अनुभव भएका नेपाल डिजिटल भुक्तानीको क्षेत्रमा पनि लामो अनुभव रहको छ ।

३ दशक लामो बैंक तथा वित्तीय संस्थाको अनुभव भएका नेपालको नेतृत्वमा आएपछि संस्थाले थप उचाइ लिनेमा स्मार्टच्वाइस टेक्नोलोजिज विश्वस्त देखिन्छ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलवार ११:४१   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।