Logo

अर्थ

प्रभु इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधबार कम्पनीको ६ लाख ५३ हजार ६५८.०७ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो ।

कम्पनीले आफ्ना सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बापतको सेयर नेप्सेमा सूचीकृत गराएको हो ।

अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ता खरिदबिक्री गर्न सक्नेछन् ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार ११:४०   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।