काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी अन्जन भण्डारीको नामको १० हजार कित्ता सेयर बिक्रीमा राखेको हो ।
उक्त सेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउनेछन् । ३५ दिनभित्र पनि शेयरधनीबाट सेयर खरिदका लागि आवेदन नपरेको खण्डमा भने सर्वसाधारणमा बिक्री खुला गरिनेछ ।
सो सेयर खरिद गर्न इच्छुक शेयरधनीले काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ ।




















प्रतिक्रिया