काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्सले ५७ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार इन्स्योरेन्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.५३ प्रतिशतले घटेको हाे ।
अघिल्लो आर्थिक वर्ष इन्स्योरेन्सले ७८ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित प्रिमियम १५.७८ प्रतिशत बढेको छ भने कुल आम्दानी १४.२४ प्रतिशत बढेको छ ।
त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी १०.५९ प्रतिशत र कुल खर्च १२.४७ प्रतिशत बढेको छ ।
समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी २० रुपैयाँ ४२ पैसा घटेर १४ रुपैयाँ ५१ पैसामा झरेको छ । असार मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ३५.२३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ८७ पैसा रहेको छ।
३ अर्ब ९६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको शेयर प्रिमियम १ अर्ब २६ करोड रुपैयाँ रहेको छ भने महाविपत्ती कोषमा १५ करोड ७ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ५० करोड २० लाख रुपैयाँ र अन्य इक्विटीमा ३७ करोड २१ लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया