Logo

अर्थ

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको खुद नाफा र प्रतिसेयर आम्दानी दुबै बढ्यो



काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको खुद नाफा र प्रतिसेयर आम्दानी दुबै बढेकाे छ ।

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ६१ करोड २१ लाख रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा यस्तो नाफा २३ करोड ८४ लाख रुपैयाँ थियो ।

कम्पनीको खुद प्रिमियम आम्दानी अघिल्लो आर्थिक वर्ष ७४ करोेड ४२ लाख रहेकोमा गत आर्थिक वर्षमा १ अर्ब ४१ करोड पुगेको छ । कम्पनीको लगानी तथा ऋणवापतको आम्दानी अघिल्लो आर्थिक वर्ष २१ करोड ९४ लाख रहेकोमा गत आवमा ५७ करोड ५७ लाख छ ।

कम्पनीको प्रतिसेयर आम्दानी अघिल्लो आर्थिक वर्षमा ७ रुपैयाँ ८७ पैसा रहेकोमा गत आर्थिक वर्षमा २० रुपैयाँ २१ पैसा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ७० पैसा छ भने कम्पनीको मूल्य सोमबार प्रतिकित्ता ७३० हाराहारीमा छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार १२:०५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।