काठमाडाैं । आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुनः कवि फुयाँल नियुक्त भएका छन् ।
कम्पनीको सञ्चालक समितिको साउन १४ गते बसेको २०१औँ बैठकको निर्णयअनुसार यस कम्पनीका फुयाँलको कार्यकालको समय थप गर्ने निर्णय गरेको थियो ।
फुयाँल २०७७ सालयता कम्पनीको प्रमुख कार्यकारी अधिकृत रहेका छन् ।
उक्त निर्णय स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेस भएकोमा प्राधिकरणबाट साउन २८ गते पुनः दोस्रो कार्यकालको पदभार सम्हाल्ने गरी स्वीकृति प्राप्त भएको कम्पनीले जानकारी दिएको छ।
बीमा क्षेत्रमा लामो अनुभव संगालेका फुयाँलले चार बर्षयता आईएमई लाइफलाई नेतृत्व दिँदै आएका छन् । उनकै कार्यकालमा कम्पनीले आइपीओ जारी गर्दै १ अर्ब ४० करोड रुपैयाँ रहेको पूँजी बृद्धि गरी हाल ५ अर्ब पुगेको छ ।
यस्तै कम्पनीले ब्यापार र वित्तिय सूचकमा पनि ठूलो फडको मारेको छ ।




















प्रतिक्रिया