काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री सिंहले प्रदेश सरकारमा नियुक्त भएका ८ वटै राज्यमन्त्रीलाई हटाउने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिएको छ ।
२५ जेठमा मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री सिंहले ४ दलबाट ८ राज्यमन्त्री नियुक्त गरेका थिए ।
२२ साउनमा मात्रै उनले ५ राज्यमा नियुक्त गरेर मन्त्रीमण्डलको संख्या २० पुर्याएका थिए । जसको चौतर्फी आलोचना भएको थियो ।
बर्खास्त गरी मुख्यमन्त्री कार्यालयले प्रदेश प्रमुखलाई आज बिहान पत्र पठाइसकिएको मुख्यमन्त्री सचिवालय स्रोतले जनाएको छ ।
प्रतिक्रिया