Logo

अर्थ

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति?



काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक वित्तीय विवरणअनुसार इन्स्योरेन्सकाे खुद नाफा ८२.५२ प्रतिशतले बढेर ६९ करोड २३ लाख १९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३७ करोड ९३ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद बिमा शुल्क आर्जन ७८.१२ प्रतिशतले बढेर १ अर्ब ९८ करोड ८४ लाख ७४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ११ करोड ६३ लाख ७६ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । कमिसन आम्दानी २६.२३ प्रतिशतले बढेर ४६ करोड ६६ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।

लगानी तथा कर्जाबाट हुने आम्दानी ३९.६६ प्रतिशतले बढेर ६९ करोड ३९ लाख ८४ हजार रुपैयाँ पुगेको छ ।

चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार रुपैयाँ रहेको छ । नाफासँगै प्रतिसेयर आम्दानी पनि ११ रुपैयाँ १५ पैसाले बढेर २४ रुपैयाँ ६७ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २७३ रुपैयाँ ५ पैसा रहेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार ११:५६   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।