Logo

अर्थ

नेपाल इन्स्योरेन्सको खुद नाफा ८७.७९ प्रतिशतले बढ्याे



काठमाडौं । नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले ७० करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्षमा उक्त नाफा अघिल्लो वर्षको भन्दा ८७.७९ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष यसले ३७ करोड ३० लाख रुपैयाँ नाफा कमाएको थियो ।

खुद बिमा शुल्क ५.७६ प्रतिशतले बढेर ७६ करोड ९८ लाख रुपैयाँ भएको छ ।

यस्तै, कम्पनीको कर्जा तथा लगानीबाट हुने आम्दानी पनि १४३.९१ प्रतिशतले बढेर ७७ करोड २७ लाख रुपैयाँ पुगेको छ ।

नेपाल इन्स्योरेन्सको चुक्ता पुँजी हाल १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार रुपैयाँ रहेको छ । उक्त पुँजीमा ४० प्रतिशत हकप्रद सेयर जारी गरी पुँजी वृद्धि गर्ने तयारी रहेको छ ।

खुद नाफामा भारी वृद्धि भएपछि प्रतिसेयर आम्दानी पनि १७.६५ रुपैयाँले बढेर ४२.६१ रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ भने २१५.८१ रुपैयाँ छ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार १४:०६   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।