काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले ३२ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ३६.९१ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष कम्पनीले २४ करोड रुपैयाँ नाफा कमाएको थियो ।
यस कम्पनीको खुद बिमा शुल्क आम्दानी १४.७६ प्रतिशतले बढेर ७ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । साथै, लगानी तथा कर्जाबाट आम्दानी ९.७४ प्रतिशतले बढेर ३ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । यसको जीवन बिमा कोषमा ४२ अर्ब ९९ करोड रुपैयाँ रहेको छ ।
चुक्ता पुँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । कम्पनीले ४२ प्रतिशत हकप्रद सेयर बिक्रीबाट पुँजी वृद्धि गर्ने योजना बनाएको छ । यसको रिटेन्ड अर्निङमा ३४ करोड रुपैयाँ छ ।
प्रतिसेयर आम्दानी पनि बढेर ९.६६ रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ भने ११८.०७ रुपैयाँ छ ।
प्रतिक्रिया