Logo

इन्स्योरेन्स

कोरोना बीमा भुक्तानी बारेको रिटमा सर्वोच्चको अग्राधिकार, कारण देखाउ आदेश जारी



काठमाडौँ । कोरोना बिमाको रकम माग गर्दै बिमा कम्पनीहरुले सर्वोच्च अदालतमा हालेको रिटले अग्राधिकार पाएको छ ।

सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासले यस रिटमा कारण देखाउ आदेश जारी गर्दै यस मुद्धालाई अग्राधिकार समेत दिएको छ ।

निर्जीवन बिमा कम्पनीहरुको छाता संगठन नेपाल बिमक संघले सरकारसँग रकम माग्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालय र बिमा प्राधिकरणलाई विपक्षी बनाएर आइतबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

सरकारले रकम नदिदा कोरोना बिमाको दाबी भुक्तानी हुन नसकको भन्दै कम्पनीहरू सर्वोच्च गएका हुन् । सरकारले कोरोना बीमा बापतको १० अर्ब भन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेका कारण लाखौं बिमितले तीन बर्षदेखि भुक्तानी पाएका छैनन् ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलवार ०६:००   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।