सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनीले लाभांश घोषणा गरेको छ ।
गत भदौ ३० गते बसेको बैठकले अघिल्लो आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरणयोग्य लाभांशबापत १८.३८११ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपश्चात कम्पनीले आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् । कम्पनीको चुक्तापूँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ छ ।





















प्रतिक्रिया