काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी चालक अनुमतिका लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड बोक्नु नपर्ने व्यवस्था गरिएको बताएका छन् । नागरिक एपमार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने र सोही लाइसेन्स देखाउन सकिने उनले बताएका छन् ।
सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले जरिवाना गर्दासमेत सोही ठाउँबाट डिजिटल भुक्तानी गर्न सकिने उनको भनाइ छ । भोलिदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यलयबाट परीक्षणका रूपमा यो व्यवस्था सुरु हुने उनले बताएका छन् ।
सरकारले नागरिक एपमा अरु सेवा पनि थप्ने तयारी गरिरहेको उनले उल्लेख गरेका छन् । कुनै पनि कामको लागि लाइन बस्नु पर्ने समस्याबाट मुक्त गर्ने तयारीमा सरकार लागेको पनि उनले बताएका छन् ।
‘सवारी चालक अनुमतिको लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको छ । नागरिक एपमार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने छ। सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था गरिएको छ । यसले सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ भने सवारी नियम उल्लंघनमा जरिवाना तिर्दा हुने झन्झट हटेको छ । भोलिदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यलयबाट परीक्षणका रूपमा यो व्यवस्था सुरु हुने छ ।
नागरिक एपमा अरु सेवा पनि थप्ने तयारी गरिएको छ । कुनै पनि कामको लागि लाइन बस्नु पर्ने समस्याबाट मुक्त गर्ने तयारीमा हामी लागेका छौं । राज्यले नागरिकलाई छिटो सेवा प्रवाहमा यसले सहयोग पुग्नेछ भन्ने हामीले आशा राखेका छौं,’– सामाजिक सञ्जालमार्फत उनले जानकारी गराएका छन् ।
















प्रतिक्रिया