Logo

प्रमुख समाचार

रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा पनि अनुसन्धान अघि बढाईयो



काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा पनि अनुसन्धान अघि बढाउने निश्चित् भएको छ ।

सभापति लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको भनेर रास्वपाका नेता तथा कार्यकर्ता आन्दोलित छन् । आजमात्रै कास्की प्रहरीले लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएको छ ।

यसअघि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ पूर्जी लिएको प्रहरीले आज (बिहीबार) म्याद थपका लागि जिल्ला अदालत, कास्कीमा उपस्थित गराउँदा भने सम्पत्ति शुद्धीकरणको मुद्धा पनि थपेको छ । यस्तै, लामिछानेलाई बयानको लागि रुपन्देही उपस्थित् गराउने प्रहरीको तयारी छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार २१:०५   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।