Logo

अर्थ

एनएलजी इन्स्योरेन्सको हकप्रदमा आजसम्म कायम सेयरधनीले आवेदन दिन पाउने



काठमाडौं । एनएलजी इन्स्योरेन्सको ६२.५६ प्रतिशत हकप्रद सेयरका लागि आज कात्तिक २६ गते सोमबारसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।

कम्पनीले हकप्रद सेयरको लागि कात्तिक २७ गते अर्थात् भोली बुक क्लोज गर्ने भएकाले आजसम्म कायम सेयरधनीले यसमा आवेदन दिन सक्नेछन् ।

इन्स्योरेन्सले मंसिर ११ गतेदेखि ६२.५६ शतप्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हाे । कम्पनीले १०ः ६.२५६ अनुपातमा ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

कम्पनीले १ सय अंकित मूल्यमा ९६ करोड ३१ लाख २२ हजार २२ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ । हकप्रद सेयर निष्कासनका लागि यसले लक्ष्मी सनराईज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार ११:०२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।