Logo

प्रमुख समाचार

मधेस प्रदेशमा ७ वटै उप-निर्वाचनमा कांग्रेसलाई विजय बनाउने प्रदेश कार्यसमितिको निर्णय



काठमाडाैं । नेपाली कांग्रेसको मधेस प्रदेश कार्य समितिले यहीँ मंसिर १६ गतेको हुन गई रहेको स्थानीय निकायको उप-निर्वाचनमा र ७ वटै वडा स्तरको निर्वाचन क्षेत्रमा प्रभावकारी बनाउन विभिन्न उप समिति परिचालन गर्ने निर्णय गरेको छ ।

मधेसमा सबैभन्दा धेरै जन आधार कांग्रेसको रहेकाले ७ वटै वडा स्तरमा हुने उप-निर्वाचनमा उमेदवारलाई टिकटको जिल्लाबाट आएको सिफारिसअनुसार प्रदेश स्तरको संसदिय समितिले निर्णय गर्ने प्रदेश प्रचार प्रसार प्रमुख नितेश गुप्ताले जानकारी दिए ।

उक्त बैठकले आवश्यकता मधेस प्रदेशमा अनुसार प्रचारप्रसार समिति गठन गर्ने निर्णय गर्दै कार्तिक २४ गते शनिबार नेपाली काँग्रेस मधेश प्रदेश पदाधिकारी एवम् कार्य-सम्पादन समितिकाे बैठकले गरेको निर्णयलाई समेत अनुमोदन गर्ने, मंसिर १६ मा हुने मधेश प्रदेशका सप्तरी २, धनुषा १, महाेत्तरी १ र राैतहट ३ गरि ७ वटा स्थानीय तहकाे वडा अध्यक्ष रिक्त पदमा हुने उप निर्वाचनमा सम्पूर्ण पार्टी पंक्तिलाई केन्द्रीत हुन आह्वान गरिएकाे छ।

उप-निर्वाचनलाई परिणाममुखी वनाउन धनुषा -पुर्व मन्त्रीमा रामशराेज यादव, सप्तरी महामन्त्री उपेन्द्र यादव सहमहामन्त्री पर्शुराम चाैधरी, महाेत्तरी नरेन्द्र यादव, राैतहटका लागि सहमहामन्त्री जयनारायण यादव, प्रदेश सदस्य सुर्या बहादुर थापालाई जिम्मेवारी दिईएकाे छ ।

नेपाली काँग्रेस र नेकपा एमालेकाे नेतृत्वमा गठन भएकाे वर्तमान सम्युक्त सरकारलाई सफल वनाउन प्रदेश स्तरीय दुई दलीय राजनीतिक संयन्त्र बनाउने केन्द्रीय निर्णयानुसार नेपाली काँग्रेसकाे तर्फबाट प्रदेश सभापति कृष्णा यादवकाे संयाेजकत्वमा ३ सदस्यीय संयन्त्र निर्माण गरिएकाे छ ।

१०० दिने केन्द्रीय अभियान र क्रियाशील सदस्यता वितरण लगायत प्रदेश मातहतका निकायहरू सुपरिवेक्षण र समन्वयका लागि ८ वटै जिल्ला मा खटाएका प्रदेश पदाधिकारी सदस्यहरूकाे केन्द्रीय प्रतिनिधि र जिल्लामा जानकारी दिंदै जिम्मेवारी निर्वाहलाई प्रभावकारी बनाउने निर्णय पारित गरेको प्रचारप्रसार प्रमुख नितेश गुप्ताले जानकारी दिए ।

प्रकाशित मिति : कार्तिक २६, २०८१ सोमबार  ४ : ३६ बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।