काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार कम्पनीको खुद नाफा ३० प्रतिशत बढेको छ । चालु आवको पहिलो तीन महिनामा खुद नाफा २० करोड ५४ लाख रुपैयाँ छ । गत आवको यसै अवधिमा नाफा १५ करोड ७९ लाख रुपैयाँ थियो ।
कम्पनीको खुद प्रिमियम आम्दानी पहिले १० अर्ब ८२ करोड रुपैयाँ रहेकोमा अहिले ११ अर्ब ९६ करोड रुपैयाँ छ ।
कुल आम्दानी पहिले १५ अर्ब ७२ करोड रुपैयाँ रहेकोमा अहिले १७ अर्ब ९७ करोड रुपैयाँ छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ १ पैसा छ । प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ९९ पैसा छ ।




















प्रतिक्रिया