काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमाससम्म २५ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा नाफा ५.१२ प्रतिशतले बढेको छ ।
कम्पनीले ४ अर्ब २७ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
प्रथम त्रैमासमा कम्पनीले ४ अर्ब १७ करोड १ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।
चुक्तापुँजी ८ अर्ब २ करोड ३ लाख रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोषमा ६७ अर्ब १७ करोड ३५ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १२.६६ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३८.९९ रुपैयाँ रहेको छ ।




















प्रतिक्रिया