Logo

अनलाइनपाना खोज

नेपाल लाइफका अध्यक्ष संघाईको अनौठो धन्दा : दर्जनौँ कम्पनीबाट शेयर आँफै बेच्छन् आँफै किन्छन् (सूचिसहित)



काठमाडौं । नेपाल लाइफ इन्सुरेन्स लिमिटेडका अध्यक्ष तथा व्यापारिक घराना त्रिवेणी समूहका निर्देशक गोविन्द लाल संघाईले आफ्ना नाममा झन्डै २ दर्जन कम्पनी खोली शेयर कारोबार गर्ने गरेको पाईएको छ ।

अध्यक्ष संघाईले फरक-फरक उदेश्य राखेर १९ वटा कम्पनी मार्फत् सेकेन्डरी मार्केटमा शेयर किनवेच गर्ने गरेको रहस्य बाहिरिएको हो । उनले उत्पादनमूलक उदेश्य राखेर दर्जनौँ कम्पनी खडा गरेको र सोहि कम्पनीहरुबाट शेयर बेच्ने र आँफैले किन्ने गरी शेयर बजारलाई प्रभावित पार्दै आएको तथ्य नेपाल धितोपत्र बोर्डको प्रतिवेदनबाट खुलेको हो ।

गोविन्द लाल संघाईले २०५५/५६ मा त्रिवेणी प्लास्टो पोलिमर्स पालि र जिके एण्ड ब्रदर्स कम्पनी प्रालि, २०६३/२/२८ गते बाग्मति डेभलपर्स प्रालि, २०६१।५।९ गते पश्चिामञ्चल माइन्स एण्ड मिनरलस प्रालि, २०६४/६५ मा त्रिवेणी व्यापार कम्पनी प्रालि, २०६४। ७/ १२ गते पारामाउण्ट रियल्टी प्रालि नामको विभिन्न फरक उदेश्य राखी कम्पनी खोलेर ब्रोकर नम्बर ८ बाट अवान्छित तरिकाले शेयर कारोबार गर्ने गरेको नेपाल धितोपत्र बोर्डले जनाएको छ।

त्यसैगरी बोर्डले निकालेको प्रतिवेदन अनुसार अध्यक्ष संघाईले २०६३।९।११ गते कपडा उत्पादन गर्ने उदेश्यको कम्पनी तनुष टेक्सटायल इण्डस्ट्रिज प्रालि, २०४९/१/२१ गते कपडा उत्पादन गर्ने कम्पनी त्रिवेणी सिन्थेटिक इण्डस्ट्रिज प्रालि नामक कपडा उत्पादन गर्ने कम्पनी खोलेर यसबाट पनि ब्रोकर नम्बर १७ मार्फत् शेयर खरिदबिक्री गर्दै आएका छन् ।

२०५४।९।७ गते प्लाष्टिकको वस्तु उत्पादन गर्ने उदेश्य राखी त्रिवेणी प्लास्टो पोलिमर्स प्रालि, २०६२।५।१ गते घरजग्गा खरिद विक्री दलाल एजेन्सीको रुपमा वाटिका डेभलपर्स प्रालि, २०६३/२ /२८ गते घरजग्गा खरिद विक्री दलाल एजेन्सी वागमति डेभलपर्स प्रालि, २०६३१२।२८ गते मध्यमाञ्चल डेभलपर्स प्रालि घरजग्गा खरिद विक्री दलाल एजेन्सी खोलेर ब्रोकर नम्बर १७ बाट शेयर कारोबार गर्दै आएका छन् ।

त्यस्तै उनले २०६४।७१२ गते रियल स्टेट सम्बन्धी कारोबार गर्ने भन्दै पारामाउण्ट रियल्टी प्रालि, २०६२।४।११ गते घरजग्गा खरिद विक्री दलाल एजेन्सी मनकामना डेभलपर्स प्रालि, २०६२।८।८ मा रियल स्टेट तथा आवास निर्माण गर्ने उदेश्य राखी रिलायन्स डेभलपर्स प्रालि,२०६२।८।३० मा रियल स्टेट तथा आवास निर्माण हाइटेक डेभलपर्स प्रालि, २०५४।४।३० गते विविध वस्तुहरुको आयात निर्यात गर्ने गोपालराय पुरुपोत्तमलाल ट्रेडिङ पालि,२०६१।४।२० गते घरजग्गा खरिद विक्री दलाल एजेन्सी, शुभम डेभलपर्स प्रालि, २०६४/६५ मा विविध वस्तुहरुको आयात निर्यात गर्ने विविध वस्तुहरुको आयात निर्यात गर्ने उदेश्य राखी त्रिवेणी व्यापार कम्पनी प्रालि खोलेर ब्रोकर नम्बर १७ बाट शेयर कारोबार गरिरहेको नेपाल धितोपत्र बोर्डको प्रतिवेदनमा उल्लेख छ ।

नेपाल धितोपत्र बोर्डले दोस्रो बजार (सेकेन्डरी मार्केट) मा एकै व्यक्ति प्रमुख भएर लगानी गर्ने ठूला कम्पनीहरुको अवस्था र यसले बजारमा पारेका प्रभावबारे सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार अधिकांश कम्पनी त्रिवेणी समुहको रहेको समेत जनाएको छ ।

बोर्डको प्रतिवेदन अनुसार एकै व्यक्ति कार्यकारी प्रमुख भएर फरक- फरक कम्पनीमार्फत लगानी गरेका छन्। उद्देश्य फरक-फरक राखी गुपचुप रुपमा शेयर कारोबार गरिरहेकोले बजार ठूला व्यापारिक घरानाको अनुचित प्रभावमा परेको बोर्डले निष्कर्ष निकालेको छ।

संघाईले बैंकमा भरेको केवाईसी फारमका आधारमा कम्पनीको मालिक एउटै, सम्पर्क नम्बर र कार्यालयको ठेगाना समेत एउटै फेला परेपछि गरेको अध्ययन अनुसन्धानबाट यो तथ्य खुलेको हो ।

केहि समयअघि संघाई नक्कली कर चुक्ता प्रमाण पत्र पेश गरेको अभियोगमा पक्राउ परेका थिए । संघाई दुग्ध विकास संस्थानको ठेक्का पार्न सरकारी कागजात किर्ते गरेपछि पक्राउ परेका हुन् । उनले संस्थानको ठेक्का आवेदन दिँदा कर तिरेको प्रमाणपत्र अनिवार्य बुझाउनु पर्ने भएकाले नक्कली कागजात बनाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले उनलाई पक्राउ गरेको थियो ।

त्यस्तै, अध्यक्ष संघाई बालुवाटारस्थित सरकारी जग्गा हिनामिना प्रकरणमा समेत मुछिएका थिए । उनले सरकारी जग्गा हिनामिना गरि आफ्नो नाममा राखेपछि उनीमाथि समेत सिआइबीले अनुसन्धान गरेको थियो । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत उनीसहितका जग्गाधनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तत्कालिन मालपोत कार्यालय डिल्ली बजार काठमाडौंका कर्मचारीहरुको मिलमतोमा गैरकानुनी तरिकाले संघाई सहितका ठूला व्यापारीहरुले बालुवाटार क्षेत्रको २ सय ९९ रोपनी जग्गा हत्याएका थिए ।

यस सम्बन्धमा हामीले अध्यक्ष संघाईलाई टेलिफोन सम्पर्क गरी बुझ्न खोज्दा फोन उठाएनन् ।

यो पनि

शेयर मार्केटमा संघाई परिवारको अवान्छित गतिविधि : बोर्ड भन्छ – ‘कानुनी दायरामा ल्याई कारवाहि गर्नुपर्छ’

संघाई ग्रुपका एकै व्यक्तिको नाममा दर्जनौँ कम्पनी : उद्देश्य अर्कै, काम शेयर कारोबार

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार १७:५६   :  बजे

9.8K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।