हिजो आज २ पाङ्ग्रे सबारी साधनको लोकप्रियता बढेसँगै दुर्घटना पनि उत्तिकै बढेको छ, यस्तैमा स्कुटर सिक्ने क्रममा ठोक्किएर घाइते भएका बुटवल बहुमुखी क्याम्पस रुपन्देहीका सह–प्राध्यापक डाक्टर शिवप्रसाद पौडेलको उपचारका क्रममा ज्यान गएको छ ।
घरकै कम्पाउण्डमा ठोक्किएर घाइते उनको क्रिमसन अस्पताल मणिग्राममा ज्यान गएको हो । तिलोत्तमा १ का स्थायी बासिन्दा ५४ वर्षका डाक्टर पौडेलले एक महिना अघि मात्रै बुटवल बहुमुखी क्याम्पसमा सहायक प्रमुखको जिम्मेवारी पाएका थिए ।
२३ कार्तिक २०७७, आईतवार १५:१०
0
Shares



















प्रतिक्रिया