Logo

समाचार

आजकाे माैसम : तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना



काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जनाएको छ।

तराईका केही स्थानहरूमा तथा पहाडी भू-भागका थोरै स्थानहरुमा हुस्सु/कुहिरो पनि लागेको छ। बिहीबार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।

दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

बिहीबार राति भने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले प्रक्षेपण गरेको छ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार ०८:४८   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।