Logo

लोकसेवा

ललितपुर र भक्तपुरका सहायक सीडीओसहित १२ उपसचिवको सरुवा, काे कहाँ ?



काठमाडाैं । गृह मन्त्रालयले मातहतका उपसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ । बिहीबार सूचना निकाल्दै ५ जनाको पदस्थापन र ७ जनालाई सरुवा गरिएको जानकारी दिएको हो ।

गृह मन्त्रालयले ललितपुर र भक्तपुरसहितका जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी पनि हेरफेर गरेको छ । भक्तपुरमा चिरञ्जिवी भण्डारी र ललितपुरमा गीता घिमिरेलाई सरुवा गरिएको छ ।

सुनसरीको सहायक प्रमुख जिल्ला अधिकारीमा सुवास कुमार लामिछाने, धनुषामा ध्रुवप्रसाद कोइराला, धनकुटामा खगेन्द्र सुवेदी, चितवनमा चुडामणी शर्मा गौमत र सिराहामा चेतराज बराललाई सरुवा गरिएको छ ।

केन्द्रीय कारागार सुन्धारामा कार्यरत कृष्णबहादुर कट्वाललाई गृहमन्त्रालय लगेर त्यहाँ अन्जन न्यौपानेलाई खटाइएको छ ।

सूची :

प्रकाशित मिति : मंसिर १४, २०८१ शुक्रबार  ९ : ०५ बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।