Logo

प्रमुख समाचार

गौरिशंकरमा निमलेकीलाई पछ्याउँदै एमालेकी उम्मेदवार उमा, कांग्रेस तेस्रो स्थानमा



काठमाडौं । दोलखाको गौरिशंकर गाउँपालिकामा सम्पन्न भएको स्थानीय तह उपनिर्वाचनको मत गणना जारी रहेको छ । गौरिशंकरको उपाध्यक्ष चयनका लागि हिजो निर्वाचन सम्पन्न भइको थियो । नेकपा (माओवादी केन्द्र) की उम्मेदवार निम लेकी शेर्पाले सुरुवाती अग्रता लिएकी छ ।

निमालेकीले हालसम्म १३८० मत पाएकी छन् । त्यस्तै, एमालेकी उम्मेदवार उमा लुङ्गेली मगर शेर्पाले १०१३ मत प्राप्त गरेकी छन् । नेपाली कांग्रेसकी उम्मेदवार पासदिकी तामाङ भने ७९६ मतसहित तेस्रो स्थानमा छिन् ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार १८:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।