Logo

खेलकुद

युवा खेलाडी विपिनलाई स्वस्तिमाले दिइन् आइफोन गिफ्ट



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सबाट उत्कृष्ट प्रदर्शन गरेका युवा खेलाडी विपिन शर्मालाई नायिका स्वस्तिमा खड्काले आइफोन गिफ्ट दिएकी छन् । स्वस्तिमा कर्णाली याक्सकी ब्रान्ड एम्बेसडर हुन् ।

विपिनले आफ्नो इन्टाग्राम स्टोरीमा स्वस्तिमाले आफूलाई क्रिसमस गिफ्ट दिएको भन्दै आभार प्रकट गरेका छन् । स्वस्तिमाले गिफ्टसँगै सानो हस्तलिखित सन्देश पनि दिएकी थिइन् । त्यसमा उनले एनपीएलमा व्यक्तिगत सफलताका लागि बधाई दिएकी छन् ।

उनले लेखेकी छन्, ‘प्रिय विपिन भाइ । एनपीएलमा तिम्रो उच्च सफलताका लागि बधाई छ । तिम्रो मिहिनेत र समर्पणका लागि सानो हौसला स्वरुप यो फोन प्रदान गरेकी छु । यसले तिमीलाई मैदान भित्र र बाहिर असंख्य राम्रा कलहरु ल्याओस र तिमीलाई अन्य ठूला अवसरहरुसँग जोडोस ।’

कर्णाली याक्स प्रतियोगितामा तेस्रो भएको थियो ।

 

प्रकाशित मिति : ११ पुष २०८१, बिहीबार १४:५३   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।