Logo

प्रमुख समाचार

मध्यराति कालिकोट हल्लायो, पश्चिम नेपालमा तेह्र दिनमा सात वटा भूकम्प



काठमाडौँ । यस महिना लागेपछि मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ ।

सोही क्रममा शुक्रबार राति ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस २ गते बझाङको धामेना आसपास केन्द्रबिन्दु बनाएर चार दशमलव तीन, पुस ३ गते बझाङको धामेना मै चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको थियो ।

यस्तै पुस ४ गते मनाङको नेस्याङ केन्द्रबिन्दु भएर चार दशमलव सात रेक्टर स्केलको भूकम्प गयो ।

पुस छ गते बाजुरामा पाँच दशमलव दुई रेक्टर स्केलको भूकम्प जाँदा पुस नौ गते ९ बजेर २५ मिनेट जादा दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु बनाएर चार रेक्टर स्केलको र पुस ११ गते जाजरकोट नायकवाडा केन्द्रबिन्दु बनाएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको विभागले जनाएको छ ।

विभागका अनुसार शुक्रबार ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात रेक्टर स्केलको भूकम्प गएको हो ।

विभागका अनुसार, २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर छ दशमलव चार रेक्टर स्केलको भूकम्प गएको थियो ।

सो भूकम्पपछि मात्रै पश्चिम नेपालमा पाँच सय पराकम्पन आएको सम्वद्ध जानकारको भनाइ छ ।

प्रकाशित मिति : १३ पुष २०८१, शनिबार १०:०२   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।