Logo

प्रमुख समाचार

ओलीको सुर अर्को तिर, सरकार विरुद्ध चुलिँदै आक्रोश



काठमाडौं । अध्यक्ष केपी ओलीको दलीय योजना पचाउन जसले सक्दैन त्यो पार्टीबाट आउँट हुन्छ । प्रम समेत रहेका केपी ओलीले मुलुकको चिन्ता लिनु हुन्छ ।

उहाँको नाममा चुतरेहरूले फाइदा लिन्छन् र वा भन्छन् । उहाँले विचार गर्नु हुन्छ । एमाले जस्ता जनतासँग जोडिएको पार्टीले डा. भिम रावल निष्कासन गर्दैमा पार्टी डुब्दैन ।

किनकि दयाल बहादुर शाही, कर्ण थापा, लेखराज भट्ट जस्ता अध्यक्षका विश्वास पात्र सुदूरपश्चिमा छन् । वृन्दा पाण्डे र उषा किरण तिमिल्सीनालाई ६ महिना पार्टीबाट निलम्बन गर्दा एमाले उर्वर हुन्छ ।

किनकी मिनबहादुर गुरुङ्गको दान ठूलो कुरा हो । अध्यक्ष केपीबाट गल्ति हुँदैन । अध्यक्षले आवश्यकता अनुसार पार्टी चलाउनु भएको छ । यसरी नै सबैले केपी ओलीको मिसन ०८४ लाई साथ दिनु पर्छ ।

चुनाव सल्लकै जितिन्छ । एमाले कै पक्षमा जनता छन् भन्ने रिपोर्ट केन्द्रीय समिति बैठकमा सचिवहरूले पेस गर्ने छन् । किनकी सचिवहरू अध्यक्षका दास महासचिवका हनुमान छन् ।

कार्यकर्ताको चासो नेताले लिएका थिए भने अध्यक्षबाट प्रमको हैसियतले एनसेलको रु. ६ अर्ब विद्युतको’ रु. ८ अर्ब ६४ करोड ५४ लाख महसुल नतिर्ने व्यापारीहरूलाई साथ दिएर राष्ट्रको उद्योग संरचनाको संरक्षण गर्दै विकासमा जोड दिँदा साथ दिनुपर्छ ।

मुलुकमा राजश्व नउठेर केही हुन्न । किनकि जनता महंगीले तड्पिदा एमालेले लिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीबाट जनताको हितमा बजार अनुगमन भएकै छ । कालो बजार माथि दैनिक प्रहार भयो कि भएन प्रमले निगरानी गर्नु भएको छ ।

काँग्रेसले के गर्यो गर्छ गर्दैन भन्दा पनि एमाले जे गर्छ जनता कै लागि गर्छ प्रधानमन्त्रीको विश्वासी डा. आरजु राणा आफू नक्कली भुटानी प्रकरणमा जोडिएको त्यो बेला थाहा पाइन जुनबेला बेचन झा भारतबाट पक्राउ गरी नेपाल ल्याइए ।

काँग्रेस कै बालकृष्ण खाँड, मन्जु खाँडहरूले आरजुको संग्लनता रहेको कुरा ठाउँ ठाउँमा भन्दै आए तिमीहरू जोगिने बालकृष्ण मात्र पर्ने कारण के भन्दै मन्जुले देउवा निवासमा आक्रोश पोखेकी थिइन ।

सरकार विरुद्ध चुलिँदै आक्रोश

विपक्षीलाई खेद्ने आफ्ना जोगाउने केपी ओली सरकारले देशमा ऋण बढायो । अर्थतन्त्र ध्वस्त लगानी भित्रेको छैन । विदेशी ऋणको भारी छ । स्वदेशी ऋण बढेकै छ ।

कर्मचारी पाल्न ऋण खोज्ने सरकारले राजश्व डुबाएको छ । प्रधानमन्त्रीको हुकुमी शासनले देश चुर्लुम्ब छ । सरकारलाई अपराध र माफियाकरणले घेरेको छ । नेकपा एमाले पूर्ण असफल छ ।

०५१ सालको अल्पमतको त्यो सरकारले गरेका देशभक्त निर्णयको व्याजमा नाचेको एमालेको अर्थनीति, कृषि नीति, पर्यटन नीति, प्रशासनिक क्षेत्र, शैक्षिक सुधारका काम नहुँदा डा. शेखर कोइरालाहरू पनि यो ५ महिनामा सन्तुष्ट छैनन् ।

उनकै टिमका पर्यटन मन्त्रीले राम्रो काम गरेका छैनन् । हवाइ उडड्यानको क्षेत्रमा काम भएनन् । नागरिक उडड्यान प्राधिकरण फुटाएर उडान र एयरपोर्टको क्षेत्र विभाजन गर्न आईका ओले राखेको प्रस्ताव कार्यान्वयन नहुँदा फ्रान्समै उडान प्रतिबन्ध छन् ।

दुई तिहाईको यो सरकारको निर्णय केही हुँदैन । जनताले राहत पाउँदैनन । तर, काँग्रेस भित्र यस्ता कुरामा बहस हुन्न न त नेकपा एमालेमा त्यो बहस छ ।

प्रधानमन्त्री केपी ओलीलाई पदको सुरक्षा गर्नु बाहेक अरू चिन्ता छैन । काँग्रेसले छोड्छ कि पद जान्छ कि भनेर ओली आफ्नो म्याद आफैँ सार्वजनिक गरिरहेका खबर दबाबमा छ ।

जुन कुरा अहिले जरुरी छैन । काँग्रेसले सरकार सरकारको रुपमा मात्र भएको बताएको छ । जुन सरकारले जनतालाई केही आशा जगाउन सकेको छैन ।

प्रकाशित मिति : १९ पुष २०८१, शुक्रबार ०८:०३   :  बजे

201
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।