Logo

प्रमुख समाचार

भारत र चीनका बारे चुपचाप, एकाएक चर्चा पाकिस्तानको !



काठमाडौं । भारत र चीनका बारेमा नेपाल एकाएक चुपचाप रहेको चर्चा चुलिएको छ । राष्ट्रिय सरोकारको विषयमा दलहरू चुपचाप रहेकोमा राजनीतिक विश्लेषकहरुले चिन्ता प्रकट गरेका हुन् ।

छिमेकी मुलुक चीन र भारतले लिपुलेकलाई दुई देशको व्यापारिक केन्द्र बनाउन सहमति गर्दा नेपाललाई महत्व दिएनन् । नेपाली भूमिमाथि कब्जा गर्ने भारतीय दादागिरीको प्रतिवाद गर्नुपथ्र्यो ।

नेपालले सीमा विवाद कूटनीतिक तहबाट समाधान गर्न जरुरी छ । भारत र चीनले नेपालको भूमि प्रयोग गर्दा सीमा सम्बन्धी विषयलाई बलमिच्याँई गर्न पछि परेनन् । तर प्रधानमन्त्री केपी ओली यो विषयमा मौन छन् ।

प्रधानमन्त्रीको नाताले ओलीले सर्वदलीय बैठक बोलाएर दुवै छिमेकीलाई नेपालको दृष्टिकोण राख्न चासो दिनुपर्ने थियो । तर, उनी भारतलाई रिजाउन सीमाका बारेमा बोल्दैनन् । यसैबिच, प्रधानमन्त्री खड्कप्रसाद ओली पाकिस्तान भ्रमणमा जाने संभावना बढेको चर्चा चुलिएको हो ।

भारतसंग सम्बन्ध चिसिएर निरन्तर ओरालो लागेको छ । ओली भारतलाई देखाईदिने उद्धेश्यले पाकिस्तानको औपचारिक भ्रमणमा जाने भित्री तयारीमा लागेको उच्च कूटनीतिक स्रोतले जनाएको छ ।

चीनको भ्रमण गर्दा बिआरआई परियोजनामा हस्ताक्षर गरेपछि भारतले केपी ओलीलाई महत्व नदिएको भन्ने खबर छाईरहेका बेला पाकिस्तान भ्रमणको कुरा छाएको हो ।

यस्तो विषयमा नेपालले कुटनीतिक नोट पठाउन सकेन । तर परराष्ट्रमन्त्री डा.आरजु राणालाई यसको बारेमा चासो छैन । नेपालको संविधान जारी गर्न नदिन भारतले दबाब दिँदा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले मानेनन् । संविधान जारी भयो ।

भारत अहिले लिपुलेक मानसरोवर मार्गलाई व्यापारिक क्षेत्र बनाउन चीनसँग मिल्यो । नेपालले भारत र चीनलाई पोस्टेड नोट पठायो । दुवै देश हच्के पनि सार्थकता पाउन सकेन् ।

अहिले प्रधानमन्त्री केपी ओली लिपुलेक, लिम्पियाधुरा र कालापानीका बारेमा केही बोलेका छैनन् । चुच्चे नक्सा समावेश पाठ्यपुस्तक छपाएर सार्वजनिक नगर्ने प्रधानमन्त्री केपी ओली नै भन्न थालिएको छ ।

खुला सीमा मिचेर, जङ्गे पिलर उखेलेर नेपाली भूमि कब्जा गर्ने क्रम घटेको छैन । वर्तमान सरकारले यो बेला भारतसँग आफ्नो धारणा राखेर लिपुलेकको विषयमा ध्यान कहिले दिने हो ? त्यो सरकारले गर्न सकेको छैन ।

नेपालको दक्षिणी छिमेकी भारतले ओलीलाई पुरै बेवास्ता गरेपछि आफैं चिढिएर बसेका ओली अब यसै सम्बन्ध विग्रियो उसै विग्रियो भन्ने मानसिकता बोकेको भन्न थालिएको छ ।

ओलीले गत साता काठमाडौंस्थित पाकिस्तानी राजदूतलाई बालुवाटारमै डाकेर भेट समेत गरेका छन् । सोही भेटमा ओलीले आफू पाकिस्तान भ्रमणमा जान ईच्छुक भएको भन्दै निम्तो पठाउने लगयातका औपचारिकता पुरा गर्न राजदूतलाई भनेको स्रोतले जनाएको छ ।

नेपाल अहिले दक्षिण एशियाली सहयोग संगठन सार्कको अध्यक्ष राष्ट्र भएकाले सार्कको शिखर सम्मेलन आयोजनाका लागि पहल गर्ने बहानामा ओली पाकिस्तान जान चाहेको बुझिएको छ ।

भारतको सहभागिता विना सार्क सम्मेलन हुदैन र भारत सार्कलाई अघि बढाउने पक्षमा छैन भन्ने बुझेर पनि ओलीले शिखर सम्मेलनको पहल गर्ने भन्नुका पछाडि पाकिस्तान जाने र भारतलाई देखाईदिने अवसर खोजेको जान्ने बुझ्नेको आरोप छ ।

प्रकाशित मिति : १९ पुष २०८१, शुक्रबार २१:४५   :  बजे

132
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।