Logo

प्रमुख समाचार

रावल, विन्दा र उषाकिरणलाई गरेको कारबाहीबारे के भने ओलीले ?



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीम रावललाई पार्टीबाट निष्कासन गर्नुको कारण बैठकमा लामो फेहरिस्त सुनाएका छन् ।

केन्द्रीय कमिटीको बैठकमा नेताहरुले प्रश्न उठाएपछि दशौं महाधिवेशनपछि नेता रावलको भूमिकासहित सबै प्रस्ट पारेको प्रचार विभाग प्रमुख राजेन्द्र गौमतले बताए ।

उनले रावलसहित स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई गरेको कारबाहीबारे बैठकले एकमतले निर्णय गरेको दाबी गरे ।

उनले भने, ‘अध्यक्षले भीम रावलले महाधिवेशनपछि गरेका भूमिकाहरुबारे प्रस्तुत गर्नुभयो । उहाँ निष्कासनमा परिसक्नुभयो । अब दुई जनाको हकमा उहाँहरुले पटक पटक पार्टीको पक्षमा पार्टी निर्णयका विरुद्ध जानुभयो ।

संयोग मीनबहादुरको जग्गाको विषयमा मात्रै परेको हो । उहाँहरु अहिले निलम्बनमा मात्रै पर्नुभएको हो । अब कसरी अगाडि बढ्नुहुन्छ उहाँहरुकै हातमा भन्ने कुरा बैठकलाई स्पष्ट गर्नुभएको छ ।

प्रकाशित मिति : २३ पुष २०८१, मंगलवार २२:२९   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।