काभ्रे । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी सचिव तथा पोलिटब्युरो सदस्य सावित्रा भुसालले समाजवादको कार्यक्रम बनाएर अगाडि बढेको पार्टी नेकपा एकीकृत समाजवादी पार्टी मात्रै भएको ठोकुवा गरेकि छन् ।
शनिबार काभ्रेको पाँचखाल नगरपालिकाको नगर अधिवेशनको उद्घाटन सत्रमा बोल्दै भुसालले सो कुरा बताएकि हुन् । उनले भनीन्, ‘संविधान बन्नुभन्दा अगाडि नै समाजवादको मार्ग अंगाल्ने अवसर अन्य दललाई पनि थियो, तर दलहरुले त्यो आँट गर्न सकेनन् । एकीकृत समाजवादीले १०औँ अधिवेशनबाट उक्त मुद्दा पारित गरेको छ । अबको यात्रा समाजवादको हो । समाजवाद बिना समाजमा समानता नआउने उनको तर्क थियो ।
एकीकृत समाजवादीमा नवप्रवेशीहरुलाई स्वागत गर्दै बागमती प्रदेशको अध्यक्षसमेत रहेकि भुसालले, आफू महिला विकासको क्षेत्रमा काम गरेकोले महिला उद्यमलाई प्राथमिकता दिने बताइन् । कार्यक्रमको अबसरमा थुप्रै महिलाहरु नेकपा एसमा प्रवेश गरेका छन् ।

पाँचखाल नगरपालिका एकीकृत समाजवादीको अध्यक्षमा रामशरण दुलाल निर्वाचित भएका छन् । कृष्ण बहादुर दनुवार उपाध्यक्ष तथा कृष्ण बहादुर श्रेष्ठ सचिब तथा अरुण बानिया र संम्झना ढुङगाना उप सचिब निर्वाचित भएका छन् । अध्यक्ष दुलालको नेतृत्वमा ५१ सदस्य नगरकमिटि निर्वाचित भएको छ ।
प्रमुख अतिथिमा सावित्रा भुसाल केन्द्रिय सचिवको अपस्थिति रहेको थियो भने विशेष अतिथिमा लक्ष्मण लम्साल बागमति प्रदेश कमिटि सचिव तथा पूर्व श्रम रोजगार तथा यातायात मन्त्रीको उपस्थिति रहेको थियो ।
काभ्रेका १३ वटा स्थानीय तह मध्य पाँचखाल नगरपालिका समेत ३ वटा पालिकामा अधिबेशन सम्पन्न भइसकेको छ । धुलिखेल नगरपालिका र भुम्लु गाउँपालिकामा यस अधि नै अधिबेशन मार्फत नयाँ नेतृत्व चयन गरिसकिएको छ ।





















प्रतिक्रिया