Logo

पत्रपत्रिका

माघ २९ गतेबाट सचिवहरुको अवकाश शुरु



काठमाडौं । निजामती विधेयकको टुङ्गो नलाग्दा फेरी आधा दर्जन सचिवहरुको अवकाशको दिनगन्ती शुरु भएको छ ।

कर्मचारीहरुको अवकाश समय ६० वर्ष हुने चर्चाले मुख मिठ्याएर बसेका सचिवहरु निराश बनेका छन् । गत कार्तिक १३ गतेपछि सचिवहरु अवकाशमा परेका थिएनन् ।

गत कार्तिक १३ गते शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालको अवकाशपछि अब यही माघ २९ गते उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव दिनेश भट्टराई पाँच वर्षे कार्यकाल पूरा गरी सेवा निवृत्त हुने बताइएको छ । भट्टराई गृहका क्याडर भए पनि पछिल्लो समय उपेक्षित बन्दै आइरहेका थिए ।

यसैगरी आगामी २०८१ फागुनको दोश्रो साता (१२ गते) नक्कली भुटानी शरणार्थी काण्डमा दोषी ठहर भै हाल थुनामा रहेका सचिव टेक नारायण पाण्डे पनि अवकाश हुने सूचीमा परेका छन् ।

पाण्डे पनि हालका गृहसचिव गोकर्णमणि दुवाडी जस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट गृहसचिव बनेर आर्थिक चलखेल र मस्ती गर्दै आइरहेका थिए । जस्को फल अहिले भोग्दै आएको समाचार श्रोतले बताएको छ ।

पाण्डेपछि स्वास्थ्य सचिव डा. रोशन कुमार पोखरेल र उनीसँगै स्वास्थ्य मन्त्रालयमै कार्यरत १२ औ तहका अतिरिक्त सचिव दीपेन्द्ररमण सिंह पनि अवकाश हुने समाचार श्रोतले बताएको छ ।

यसैगरी आगामी २०८१ चैत्र १६ गते जनार्दन शर्मा अर्थमन्त्री हुँदा बजेट काण्डमा परी पछि सफाइ पाएका सचिव मधुकुमार मरासिनी र नयाँ वर्ष २०८१ को भोलिपल्ट (बैशाख २ गते) हाल भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत सचिव अर्जुनप्रसाद पोखरेल अर्थका जानकार भए पनि दलको झोला नबोक्दा उपेक्षित बनेका नयाँ विमर्शमा खबर छ ।

त्यसपछि २०८२ साल बैशाख २५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत सचिव विनोद प्रकाश सिंह र बैशाख ३ गते महालेखा नियन्त्रक डा. गणेशप्रसाद पाण्डेको पनि अवकाश हुने समाचार श्रोतले जानकारी दिएको छ ।

गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम विष्ट जेठ २४ गते र जल तथा शक्ति आयोगका सचिव मधुप्रसाद भेटवालको पनि अवकाश हुने भएपछि वरिष्ठ सहसचिवहरुको तालुमा आलु फल्ने चर्चा चलेको छ ।

प्रकाशित मिति : २७ माघ २०८१, आईतवार २१:०९   :  बजे

297
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।