Logo

प्रमुख समाचार

तीन सचिवको सरुवा, काे कहाँ ?



काठमाडाैं । सरकार तीन सचिवको सरुवा गरेको छ। सोमबार साँझको मन्त्रिपरिषद् बैठकले अर्थसचिवमा घनश्याम उपाध्यायलाई जिम्मेवारी दिएको छ।

उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए। अर्थसचिव रामप्रसाद घिमिरेको राष्ट्रपति कार्यालयमा सरुवा भएको छ। राष्ट्रपति कार्यालयका सचिव नारायणप्रसाद दुवाडी अख्तियार पुगेका छन्।

घिमिरे गत साउनमा मात्र अर्थसचिव बनेका थिए, त्यसअघि उनी राजस्व सचिव थिए।

हाल अर्थको जिम्मेवारी पाएका सचिव उपाध्याय अख्तियारमा जानु अघि श्रम मन्त्रालयमा थिए भने त्यसअघि बागमतीमा प्रमुख सचिव भएर काम गरेका थिए।

सचिवमा बढुवा हुनु अघि उनी कर्णालीको अर्थसचिव थिए। कर्णाली जानु अघि उनले ललितपुर र काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पनि सम्हालेका थिए। उपाध्याय अर्थ प्रशासनका क्याडर भए पनि सहसचिवमा बढुवा भएपछि अर्थ संरचना बाहिरै थिए। उनी राजस्व समूहबाट निजामती सेवामा प्रवेश गरेका हुन्।

अधिकारी सचिवमा बढुवा

सोमबारको मन्त्रिपरिषद् बैठकले सहसचिव बाबुराम अधिकारीलाई सचिवमा बढुवा गरेको छ। लुम्बिनी प्रदेश सरकारको कामु प्रदेश सचिव रहेका अधिकारी सचिवमा बढुवा भएका हुन्।

बढुवा सिफारिस समितिको बिहीबारको बैठकले प्रशासनतर्फ रिक्त सचिवमा बढुवाका लागि अधिकारीसहित मदन भुजेल र चन्द्रकला पौडेलको नाम सिफारिस गरेको थियो। अधिकारी बढुवा भएका हुन्।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलवार ०९:३२   :  बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।