सुदुरपश्चिम प्रदेश अन्तर्गत डोटी जिल्लाको पूर्वी चौकी गाउँपालिका ६, पाले वन ठूलाखोलाबाट एकथान भरुवा बन्दुकसहित ३ जनालाई स्थानीय प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही गाउँपालिका ६, गाजँरीका ३४ वर्षीय झलक कुँवर, ३० वर्षीय छत्रबहादुर कुँवर र ३७ वर्षीय गणेश कुँवर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय डोटी र प्रहरी चौकी सानागाउँबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो ।




















प्रतिक्रिया