Logo

लोकसेवा

दलीय कर्मचारी ट्रेड युनियनको खारेजीको मागसहित मन्त्रालयमै कर्मचारीको धर्ना



काठमाडौ । दलीय कर्मचारी ट्रेड युनियनको खारेजीको मागसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना सुरु भएको छ ।

धर्नाकारीको माग संघीय निजामती ऐन जारी गर्नुपर्ने रहेको छ ।

यी मागहरु पूरा नहुन्जेलसम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि ५ घन्टा धर्नामा बस्ने आयोजक पशुपति पोखरेलले बताए । उनी धर्नामा छन् । उनी
स्वतन्त्र निजामती कर्मचारी अभियानको संयोजक पनि हुन् ।

२०८१ चैत्र १७ गते ११ बजेदेखि ४ बजे सम्म गेटमा धर्ना बसेर बिरोध कार्यक्रम सुरु भएको हो ।

पटक पटक मागपत्र बुझाएपनि सम्वोधन नभएका कारण धर्ना गर्नुपरेको उनको भनाई छ । धर्नाकारीले नेपालको निजामती प्रशासनमा भएका विकृति अन्त्यको माग गरेका छन् ।

धर्नाकारीले सामान्य प्रशासन,शहरी विकास ,भूमि व्यवस्था र गृह मन्त्रालयमा हुने तीन महिने र लेनदेने सरुवाको बिरोध गरौँ भनेका छन् ।

साथै, सामुहिक सौदावाजीका लागि तीनै तहमा प्रत्यक्ष निर्वाचित हुने निजामति कर्मचारीहरूको एकमात्र आधिकारिक ट्रेडयुनियन कायम गर्नुपर्ने माग छ ।

पैसा उठाएर गरिने सरुवा बन्द गर्न माग गरिएको छ । कर्मचारीलाई अतिरिक्त र बरण्डामा राखेर दाम तोकेर कामु तथा निमित्त तोक्ने कार्य भष्ट्राचार भएकाले त्यो कार्य बन्द गर्न माग गरिएको छ ।

कर्मचारी मैत्री संघीय निजामति सेवा ऐन तुरुन्त जारी गर्न भनिएको छ । स्थानीय तहका कर्मचारीहरू माथिको विभेदहरूको अन्त्य गर्न माग गरिएको छ ।

कुनैपनि निर्णय कार्यन्वयन गर्ने कर्मचारीहरूको हकमा गल्ती नभए सम्मान दिनुपर्ने माग छ । गल्ती भए फासी दे भनेर माग गरिएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार ०९:२०   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।