Logo

सुदूरपश्चिम प्रदेश

मान्छे मारेको भन्दै स्थानीयहरु मिलेर चितुवालाई मारे



बैतडीको शिवनाथ गाउँपालिका–४ बगारकी अन्दाजी १७/१८ वर्षीया माया महतको ज्यान लिने चितुवालाई स्थानीयहरुले घेरा हालेर मारेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कणसिंह साउँदले जानकारी दिएका छन् ।

चितुवाले महतोको शव खाइरहेको अवस्थामा स्थानीयहरुले साँझ ५ बजेतिर ढुंगामुढा र घरेलु हतियार प्रहार गरेर चितुवा मारेको साउदले बताए ।

सोमवार घटना स्थलमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरी निरिक्षक राजेन्द्र चन्दको कमाण्डमा टोली खटिएको छ । टोलीले मुचुल्का उठाउने कार्य सकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले बताए ।

सोमबार घाँस काट्न सिमा क्षेत्र डडेल्धुराको भागेश्वर गाउँपालिका- १ मर्मागाड पुगेकी किशोरीको दिउँसो अढाई बजेतिर चितुवाले आक्रमण गर्दा मृत्यु भएको थियो ।

आइतबार मात्रै डडेल्धुराको भागेश्वरमा चितुवाले १२ वर्षीय स्थानीय बालकको आक्रमण गरि ज्यान लिएको थियो ।

प्रकाशित मिति : कार्तिक २४, २०७७ मंगलबार  ११ : ३३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।