Logo

कर्पोरेट फोकस

३८.६१ प्रतिशतले बढ्यो नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा : अधिकांश सूचकमा फड्को



काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनी अधिकांश सूचकमा अब्बल देखिएको हो ।

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीको नाफा ३८.६१ प्रतिशतले बढेर ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ३ अर्ब २७ करोड रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी झने ६.५० प्रतिशतले घटेर १० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी ११ अर्ब ३ करोड रुपैयाँ रहेको थियो ।

बैंकको सञ्चालन नाफा ५ अर्ब ४० करोड रुपैयाँबाट बढेर ६ अर्ब ६१करोड रुपैयाँ पुगेको छ । यता, कुल सञ्चालन आम्दानी ११ अर्ब ५९ करोड रुपैयाँमा रहेको छ ।

चैत मसान्तसम्मको अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १० करोड ४१ लाख रुपैयाँ ऋणात्मक रहेको छ । बैंकको खराब कर्जा ४.६६ प्रतिशतबाट बढेर ६.०६ प्रतिशत पुगेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्तापुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष सञ्चिति ३१ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आईतवार ०७:५८   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।