काठमाडौं । विवादित व्यापारी चन्द्र प्रसाद ढकालले ताप्लेजुङको पाथिभरामा जबर्जस्ति निर्माण गर्न लागेको निजी परियोजनाको विवाद अझै रोकिएको छैन ।
ढकालले पाथिभरामा केबलकार बनाउन जबर्जस्ती गर्न थालेपछि स्थानीयले मुक्कुमलुङ्ग सभ्यता तथा पहिचानको सम्रक्षण गर्दै पाथिभरा क्षेत्रलाई यथास्थितिमै राख्न माग गर्दै दिनहुँ प्रदर्शन गरे । पूर्वका ९ जिल्ला बन्द हुँदा जनजीवन प्रभावित बन्यो । ढकालले राज्य प्रशासनको दुरुपयोग गरी स्थानीयमाथि बर्बर दमन गर्दा दर्जनौं स्थानीय घाईते भए, पाथिभरा आक्रान्त बन्यो ।
सत्ता, शक्ति र राजनीतिक साँठगाँठको आडमा प्राकृतिक सम्पदासँगै सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक परम्परासमेत नामेट हुनेगरी नियमविपरित बनाउन लागिएको परियोजना अघि नबढाउन अन्ततः अदालतले आदेश जारी गर्यो । हाल उक्त क्षेत्रमा व्यापारीको जबर्जस्ति रोकिएको छ, पाथिभरा क्षेत्र शान्त छ ।
तर, देशभरका सार्वजनिक वन जंगल तथा जग्गा हडपेर व्यापार विस्तार गर्दै आएका ढकालको पाथिभरामा केबलकार बनाउने हुटहुटी अझै रोकिएको छैन । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका ढकालले सँस्थागत मर्यादाविपरीत जुनसुकै सार्वजनिक कार्यक्रममा पाथिभरा केवलकारको बिषय उठान गरेर विवाद झिकिरहन्छन् । त्यति मात्र नभई ढकालले कार्यक्रममा सहभागी अन्य व्यक्तिहरुलाई समेत ‘पाथिभरा केबलकारको बिषयमा दुईशब्द बोलिदिनुस्’ भन्ने गरेका छन् । यसरी जबर्जस्तीको बोल्न लगाईएका कुरालाई समाचार बनाएर विभिन्न संचारमाध्यममा पठाउने गरेका छन् । आफ्नो व्यक्तिगत बिषयलाई समग्र निजी क्षेत्रमाथिको प्रहार गरेको भन्दै ढकालले स्थानीयदेखि सरकारकै आलोचना गर्ने गरेका छन् । त्यसो त ढकालले पाथिभरालगायत देशभर निर्माण गरेका केबलकारको प्रारम्भिक वातावरणीय परीक्षण प्रभाव मुल्यांकनसमेत गराएका छैनन् ।
पाथिभरा केबलकारकै बिषयलाई लिएर शुक्रबार विराटनगरमा आयोजित ‘कोशी प्रदेशको आर्थिक अवस्था, लगानीका सम्भावना र चुनौती’ विषयको अन्तरसम्वाद कार्यक्रममा प्रमुख अतिथि रहेका कोशिा प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की र उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङ्गामबीच चर्काचर्की भयो उक्त कार्यक्रममा ढकाल पनि सहभागी थिए ।
ढकालकै योजनामा कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले पाथिभरामा केबलकार निर्माणमा देखिएका अवरोध ‘बिडम्बनापूर्ण’ भएको भन्दै देउतालाई च्याँखे थापेको भन्ने गाली र ढकालको प्रशंसा गर्न थालेपछि सोहि कार्यक्रममा सहभागी मन्त्री हाङ्गामले बिरोध जनाए । मन्त्री हाङ्गामले संस्कार र संस्कृति, भेषभुषा र मौलिक परम्पराको जगेर्ना गर्नु हरेक नेपाली नागरिकको दायित्व सम्झाए । यतिबेला मुख्यमन्त्री कार्कीले दिएको उक्त अभिव्यक्तिको आलोचना भईरहेको छ ।
कार्कीले ढकालको चाकडी गर्दै भनेका थिए, ‘केबलकार निर्माण कार्य सुरु भएपछि जातीय तथा पहिचानको बाजा बज्न थाल्यो । देउतालाई च्याँखे थापेर पूर्वाधारका लगानी रोक्ने प्रयास गरियो, जुन बिडम्बनापूर्ण हो । यसप्रति कोशी प्रदेश सरकार दुःख व्यक्त गर्दछ ।’
कार्यक्रममा मुख्यमन्त्री कार्कीले अर्को विवादास्पद बिषय बोलेका छन् उनले राजनीतिक दलले व्यापारीहरुमाथि चन्दा आतंक मच्चाउने गरेको बताएका छन् । उनले भनेका छन् । ‘ढकाल जीले राजनीतिक क्षेत्रबाट हुने बाधा अवरोधलाई पन्छाउँदै राजनीतिक दललाई चन्दा दिएर अप्ठ्यारालाई पन्छाएर अगाडि बढ्नु भएको छ, त्यो प्रशंसा गर्न लायक छ ।’ ‘आदरणीय चन्द्र ढकाल, जसले पाथीभरामा केबलकार निर्माणको लागि नेपालको कानुनको परिधिभित्र रहेर कार्य सुरु भयो । त्यसपछि धेरैतिरबाट बाजा बज्न थाल्यो।’ उनले भने ।
कार्कीको गैर जिम्मेवारपूर्ण अभिअव्यक्तिप्रति आपत्ति जनाउँदै मन्त्री हाङ्गामले पहिचानको मुद्दा र यसबाट सिर्जित आन्दोलनलाई अन्देखा गरेर आँफू अगाडि बढ्न नसक्ने बताए । उनले भने, ‘हामीले कुनै पनि समुदायको धर्म, संस्कार र संस्कृतिको जगेर्ना गर्छु भनेर प्रतिबद्धता जनाएका छौँ । विकासको नाममा हुने जुनसुकै काममा शतप्रतिशत उभिन हामी सक्दैनौं । हामी त्यो समुदायमा हामी नाङ्गै हुर्केर आइपुगेका हौँ ।’ उनले भने।
मन्त्री हाङ्गाम आँफूहरु विकासको विरोधी नभइ संस्कार संस्कृति, भेषभुषा र परम्परागत कुराको जगेर्ना गर्नुपर्छ भन्ने बिषयको पक्षमा रहेको बताए । ताप्लेजुङको घटना कसैको आस्थासँग जोडिएकाका यसलाई नजरअन्दाज नगरी सहमति र सम्वादबाटै टुंग्याउन नेपाल सरकारले पहल गर्नुपर्ने उनको भनाई छ ।
मुख्यमन्त्री उचालेर वादविवाद सिर्जना गराएका ढकाल मन्त्री हाङ्गामको अभिव्यक्तिपछि उनको समर्थन गर्दै भनेका छन्, ‘म पनि कसैको पहिचानको विरोधमा छैन । संस्कृतिहरूलाई प्रवर्द्धन र धर्म संस्कृति तथा पहिचानलाई प्रवर्द्धन गर्न तयार छु ।’ तर उनले पाथिभरामा केबलकार बनाएरै छाड्ने आशय व्यक्त गरेका छन् ।
छुटाउनु भयो कि ?
पाथिभरा केबलकार : कानुनी वैधानिकता बिना चन्द्र ढकालले कसरी कब्जा गरे राष्ट्रिय वन ?
पाथीभरामा केवलकार बनाउने ढकालको हुटहुटी कायमै: धर्ममा अनास्था, व्यापार किन धार्मिक क्षेत्रमै ?
चन्द्रागिरी हिल्समा आइएमइ समूहको दादागिरी : ईआइए विपरित के-के गरे ढकालले (प्रतिवेदन सहित)
चन्द्र ढकालको कब्जामा नेप्से : लुइँटेलको नियुक्ति उल्ट्याएर किन भित्र्याए चापागाई ?
ग्लोबल आईएमई बैंकविरुद्ध सीआईबीमा जाहेरी
सर्वोच्च अदालतले पाथीभरा केवलकार निर्माणमा रोक लगाएपछि चन्द्र ढकालको छट्पटी बढ्यो
ग्लोबल आईएमई बैंकको ८ करोड कर्जा काण्ड : अध्यक्ष ढकाल र सीईओ रेग्मीको भूमिका शंकास्पद
सिंहदरबार धाउँदै सम्पत्ति थुपार्दै चन्द्र ढकाल, सरकारी सम्पत्तिमा हालीमुहाली
पाथीभरा केवलकारको कुन्ठा पोख्दै चन्द्र ढकालले भने – `लगानी गरेर गल्ती गरेजस्तै भयो´
सिंहदरबारमा चन्द्र ढकालको हारगुहार, पाथीभरा केवलकार बनाउन गर्दैछन् यस्तोसम्म हर्कत !
रोकिएन चन्द्र ढकालको अवैध धन्दा : पैदल यात्रीसँग पनि गैरकानुनी शुल्क अशुल्दै चद्रागिरी हिल्स
पाथीभरा केबलकार निर्माणमा वातावरणीय नियमको उल्लंघन, चन्द्र ढकालको भूमिका शंकास्पद
चन्द्र ढकालको व्यापारिक साम्राज्य : अवैध हुण्डी कारोबार, अनियमितता र सत्तासँगको साँठगाँठ
पाथिभरा केबलकार : सार्वजनिक जग्गा हडप्ने चन्द्र ढकाल अभियानको निरन्तरता, सरकार आँफै बिचौलिया
चन्द्रागिरी केबलकार जग्गा प्रकरण : भ्रष्टाचारको अर्को डरलाग्दो अध्याय
प्रतिक्रिया