Logo

प्रमुख समाचार

लेखा समितिमा नआउने प्रधानमन्त्री राजा हो : अमरेश सिंह



काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सार्वजनिक लेखा समिति सरकारको छाया बनेको बताएका छन् । आइतबार बसेको समितिको बैठकमा लेखा समिति सरकारको छाया बनेको आरोप लगाएका हुन् ।

उनले भने, ‘लेखा समिति आजको दिनमा सरकारको छाया हो । यस्तो हुन हुँदैन । लेखा समिति संसद्को छाया हुन हुँदै हुँदैन ।’

सिंहले समितिको बैठकमा लेखा समितिको बैठकमा प्रधानमन्त्री र मुख्य सचिवलाई नबोलाएको भन्दै आपत्ति जनाए । उनले भने, ‘मुख्यसचिव र प्रधानमन्त्रीलाई बोलाउन सकेको छैन ।

लेखा समितिले प्रधानमन्त्रीलाई राजाभन्दा बढी मान्छ, उसले बोलाउनै हुँदैन भन्छ । दुई वर्षसम्म किन प्रधानमन्त्री र मुख्यसचिवलाई बोलाउन नसकेको ?’

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार ०७:०५   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।