Logo

प्रमुख समाचार

एमालेसँग पालिकासम्मै संयन्त्र बनाउने काम गलत छ : शेखर कोइराला



काठमाण्डौं । सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एमालेसँग भएको सात बुँदेको कार्यान्वयनमा चुकेको दाबी गरेका छन् ।

सोमबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै कांग्रेस नेता कोइरालाले यस्तो बताएका हुन् । उनले भने, ‘सात बुँदे सम्झौतामा यो सरकार बनेको हो । सात बुँदेका कुराहरू जुन छन्, संविधान पुनरावलोकन गर्ने कुरा, आर्थिक सुधार, भ्रष्टाचार अन्त्य गर्ने कुरा, दण्डहिनताको अन्त्य र सुशासनको कुरामा सरकार चुकेको छ ।’

संविधान पुनरावलोकन गर्न संसद्‌भित्र भएका सबै दलको प्रतिनिधित्व गरेर सरोकारवालालाई समावेश गरेर अघि बढ्न सक्नुपर्ने उनले पनि उनले बताएका छन् । उनले आफ्नो पार्टीमा सरकारबारे कुनै समस्या नभएको पनि स्पष्ट पारेका छन् । कांग्रेस नेता कोइरालाले भने, ‘नेपाली कांग्रेसभित्र कुनै समस्या छैन । त्यो उहाँ .(एमाले) हरूलाई लागेको छ । कति मिडियाले गलत प्रचार पनि गर्छन् ।

यो सरकारलाई असफल हुने छुट छैन ।’ उनले सरकारमा सँगै रहेका दलहरूबीच पालिकास्तरसम्म संयन्त्र बनाउने निर्णय गलत भएको पनि बताएका छन् । उनले थपे, ‘बाहिर बसेका संयन्त्र बनाउन हुँदैन ।

डेमोक्रेटिक सिस्टममा जाने हो भने सरकारभित्र संयन्त्र बनाउनुस्, बाहिरको संयन्त्र बनाउने होइन, ‘पालिकासम्म संयन्त्र बनाएर जाने भनेर नेपाली कांग्रेस र एमालेले निर्णय गरेको छ, त्यो गलत छ भनेको हो ।’

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलवार ०७:००   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।