Logo

प्रमुख समाचार

कांग्रेसबाट एमालेलाई विश्वासघात नहुने सिटौलाको विश्वास



रामेछाप । सत्तारूढ नेपाली कांग्रेसका प्रभावशाली नेता तथा राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले आफ्नो दलले एमालेलाई सरकार सहकार्यमा धोका नदिने बताएका छन् । रामेछापमा कांग्रेस कार्यकर्ताहरुसँगको भेटघाटमा सिटौलाले कांग्रेसबाट एमालेसँगको सहकार्यमा विश्वासघात नहुने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नै आफूहरुलाई धोका दिएपछि एमालेसँगको सहकार्य गर्ने वातावरण बनेको पनि स्मरण गराए । अहिले प्रचण्डले भनेजस्तो सरकार परिवर्तन हुने सम्भावना नभएको पनि उनको दाबी छ ।

उनले एमालेसँगको सत्ता–सहकार्य २०८४ को निर्वाचनसम्म नै कायम हुने जिकिर गरे । उनले संविधान संशोधनमा सरकार केन्द्रित भएर छलफल थालेको स्पष्ट पारे ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार २३:०१   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।